यस कार्यालयले सम्पादन गर्ने प्रमुख कार्यहरू :
- जग्गा प्रशासनसम्बन्धी :
- नामसारी,
- घर जग्गा रजिष्ट्रेशन पास,
- छुट जग्गा दर्ता गर्ने,
- जग्गा रोक्का तथा फुकुवा गर्ने,
- हकसफासम्बन्धी कार्य गर्ने,
- अर्धन्यायिक निकायले गर्ने जग्गा प्रशासनसम्बन्धी निर्णय गर्ने,
- गुठीको जग्गा प्रशासन सम्बन्धी कार्य गर्ने,
- भूमि सुधारसम्बन्धी कार्य गर्ने ।
- अभिलेख व्यवस्थापन
- जग्गाधनी दर्ता श्रेस्ताको सुरक्षा व्यवस्थापन, अद्यावधिक तथा मर्मत सुधार गर्ने,
- जग्गाधनी दर्ता किताब खडा गर्ने,
- तामेली अभिलेख सुरक्षा तथा व्यवस्थापन गर्ने,
- रोक्का लगत व्यवस्थापन गर्ने ।
- योजना तथा तथ्याङ्क
- कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्ने,
- मासिक, चौमासिक तथा वार्षिक कार्यप्रगति मन्त्रालय तथा विभागमा पठाउने,
- मन्त्रालय तथा विभागलाई आवश्यक भू―सूचना प्रवाह गर्ने ।

